तुलसीपुर,असार ५ । दाङको तुलसीपुरमा ५८ वर्षिया महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छिन् ।
बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोला निवासी ५८ वर्षीया ठगी खनाल आफ्नै घरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
आज बिहान ७ बजेसम्म पनि ढोका नखुलेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबरपश्चात तत्काल प्रहरी पुगेर ढोका खोलेर हेर्दा खनाल कोठा भित्र मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
स्थानियसँग सोधपुछ गर्दा उनलाई पहिलेदेखी जन्डिसको समस्या रहेको पाइएको छ । छोराहरु पहिले नै छुट्टिएको र केही समय अघि श्रीमानको मृत्यु भएपछी खनाल एक्लै बस्दै आएकी थिइन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ असार ५ गते बुधवार