२०८१ असार ३१ गते आइतवार

बाँकेका एसपी तुलबहादुर कार्कीको एक्सन

जेठमा मात्रै १ करोड १७ लाख बढीको भन्सार छलीका सामान बरामद

दाङ, असार ५ । बाँकेका प्रहरी प्रमुख एसपीको रुपमा तुलबहादुर कार्की सुरुवा भएर आएपछि उनी अपराध नियन्त्रणमा कडा एक्सनमा उत्रिएका छन् ।

प्रहरीले अबैध भन्सार छलिका सामानदेखि बालुवा गिट्टीको चोरी तस्करी नियन्त्रणमा सक्रियता देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनामा मात्रै एक करोड १७ लाख ३१ हजार ८ सय ९० रुपैंया बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।

जेठमा एउटा चोरीको माइक्रो बस, एउटा बोलेरो गाडी र चोरीका सात वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । चोरीका सात वटा मोवाइल सेट फेला पारेर सम्बन्धित ब्यक्तिलाई प्रदान गरिएको, मोटरसाइकल चोरीमा संलग्न चार जना मानिसबाट नौं वटा मोटरसाइकलसहित पक्राउ गरिएको र स्कुटर चोरी गर्ने थप दुई जनालाई स्कुटरसहित पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए ।

नदी जन्य पदार्थको अबैध दोहन कार्यमा संलग्न पाँच वटा जेसिबी, ६ वटा टिप्परलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएकोमा एक लाख ४५ हजार जरिवाना असुल उपर भएको छ ।

ट्राफिक कारबाही तर्फ एक हजार ७ सय १३ वटा सवारी साधनलाई कारबाही गर्दा जेठ महिनामा मात्रै १४ लाख ६१ हजार ५ सय राजश्व संकलन भएको छ ।

त्यस्तै सवारी धनी नखुलेका १ सय २१ वटा मोटरसाइकल र स्कुटर लिलाम गरि ६ लाख १२ हजार राजश्व संकलन भएको छ ।

त्यस्तै अबैध रुपमा भारतवाट ल्याएको दूइ लाख ५८ हजार बराबरको एक सय ९५ किलो ब्रोइलर कुखुराको मासु र १८ सय वटा चल्ला आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

जेठमा बाँके प्रहरीमा एक सय ७२ वटा मुद्दा दर्ता भएकोमा एक सय २७ जना ब्यक्तिलाई पक्राउ गरि कानुनी कारबाही गरिएको छ । त्यस्तै थप ६३ वटा मुद्दा पेन्डिङ मुद्दाहरु जेठ महिनामा फच्र्यौट गरिएको छ । जेठ महिनामा ४४ जना फरार प्रतिबादी पक्राउ गरिएको र त्यसबाट १८ बर्ष २ महिना २९ दिन कैद र २३ लाख ७९ हजार दुइ सय ७४ रुपैंया राजश्व संकलन भएको छ ।

जेठमा बाँके प्रहरीमा चार सय ९९ वटा ठाडो उजुरी आएकोमा तीन सय ५१ फच्र्यौट भएका, १५ वटा सम्बन्धित निकाएमा पठाइएको तथा थप एक सय ३३ वटा फच्र्याैट गर्न बाँकी रहेका छन् ।

जेठमा बाँके प्रहरीमा महिला तथा बालबालिकाका सम्बन्धि ११ मु्द्दा दर्ता भएकोमा तीन वटालाइ पक्राउ गरि कानुनी दायरमा ल्याइएको छ । त्यस्तै घरेलु हिंसा सम्बन्धि ६१ उजुरी परेकोमा ३१ वटा फच्र्यौट भइ सकेको र बाँकी अनुसन्धान तथा कारबाहीको प्रक्रियामै रहेको जिल्ला प्रहरी प्रमुख कार्कीले बताए ।


महिला, बालबालिका र जेष्ठ नागरिक सम्बन्धि हराएका नौं वटा निबेदन परेकोमा तीन जनालाई फेला पारेर अभिभावकको जिम्मा लगाइएको थियो ।
ट्राफिक सचेतना तर्फ दुइ सय ३० वटा सचेतनामुलक कार्यक्रम गरेको, समुदाय प्रहरी सहकार्य अन्तरगत गरिएका ५२ वटा कार्यक्रम मध्य सात वटा आत्महत्या न्यूनिकरण, १५ वटा लागुऔषध बिरुद्ध सचेतना र ६ वटा अल्पसंख्यक संग प्रहरी कार्यक्रम गरिएका थिए ।


नेपालगञ्ज उपमहानगरपालिका संगको सहकार्यमा लागु औषध दुब्र्यशन तथा ओसार पसार बिरुद्ध एकीकृत अिभयान २०८१ संचालन गरिएको छ । जस अन्तर्गत ११ स्थानमा चेतनामुलक होरिङ बोर्ड, लागु औषध उन्मुखहरु संग फूटसल प्रतियोगिता, कक्षा ९ र १० का बिद्यार्थीका बीच निबन्ध लेखन प्रतियोगिता, सडक नाटक पर्दशनका साथै जमुनाहा नाका र बिमानस्थलमा डग स्निफिङ कार्य गरिएको एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।


राम्रो कार्यगर्ने प्रहरी चौकी बेतहनी बाँकेलाई २०८१ जेठको उत्कृष्ट प्रहरी इकाइ घोषणा गरि कदर पत्रले सम्मान गरेका एसपी कार्कीले आचरण बिपरित कार्यगर्ने एक जना प्रहरीलाई बिभागिय कारबाही गरे भने दुई जना प्रहरीलाई जिम्मेवारीबाट हटाइ दिएका छन् ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *