२०८१ असार ३१ गते आइतवार

शान्तिनगर ट्याक्टर दुर्घटना – एक जना घाइतेको मृत्यु

तुलसीपुर, असार ४ । शान्तिनगरमा भएको ट्याक्टर दुर्घटनाका चार घाइते मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते मध्य शान्तिनगर गाउँपालिका – २ का ५१ बर्षीय धनबहादुर भण्डारीको उपचारका क्रममा बाँकेस्थित नरसिंह होममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

घाइतेहरु शान्तिनगर गाउँपालिका – २ का २३ बर्षीय उमेश भण्डारी, ३९ बर्षीय भिमबहादुर बुढाथोकी र ५२ बर्षीय लाटो रानाको उपचार जारी छ ।

सोमबार बेलुकी पौने ८ बजेतिर शान्तिनगर गाउँपालिका – १ नयाँ बस्तिस्थित गुन्डले खोलामा खिलतपुरबाट अमवा तर्फ ढँुगा लोड गरि जाँदै गरेको रा १ त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

ट्याक्टरमा सवार ६ जना मध्य एक जनालाई केही नभएको तथा ट्याक्टरका चालक फरार छन् । ट्याक्टर चालकको खोजी भइ रहेको छ ।

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *