२०८३ भाद्र १० गते बुधवार

शान्तिनगरका किसालने गरे, पानी पारिदिन पुकारा गर्दैै खोलामा पूजा

शान्तिनगर, असार ३ । दाङको शान्तिनगर गाउँपालिका – २ का किसानले लामो खडेरी पछि पानी पारिदिन पुकारा गर्दै खोलाको मुहानमा गइ पूजा आरधना गरेका छन् ।


लामो समयसम्म खडेरी परेपछि पछि स्थानीय किसाले बौलाहा खोलाको मुहान बिचारी ढुँगामा गइ पूजा आरधना गर्दै पानी पारिदिन पुकारा गरेका हुन ।
यसो गर्दा पानी पर्छ भन्ने जनविश्वास उनीहरुमा छ ।

स्थानीय किसानले पुरेतर राखेर बौलाहा खोलाको मुहानमा गइ विचारी ढुंगा भन्ने ठाउँमा पानी पारिदिन पुकारा गर्दै पूजा आजा गरेका हुन ।

यो बिचारी ढुँगामा पूजा आरधना गरेपछि पानी पर्छ भन्ने विश्वसा रही आएको स्थानीय लोकमणि रेग्मीले बताए ।
खडेरी हुँदा अघिल्ला बर्षहरुमा पनि किसानले यही ठाउँमा आइ पूजा आरधना गर्ने गरेका थिए ।


गाउँले मिलेर आइ यो ठाउँमा पण्डित राखेर पूजा आरधना गर्नुका साथै सामुहिक भोजपनि गर्ने गर्छन । त्यसरी जलधारा गरेपछि पानी पर्ने विश्वसा रही आएको अर्का स्थानीय मानबहादुर खड्काले बुझाई छ ।

बिसं १९७२ सालमा सिँचाइ पानीको विवाद भएपछि सल्यानबाट आएका बिचारी थरका न्यायाधीशले यही ढुङ्गामै आएर विवाद समाधान गरि दिएका थिए । त्यहीलेदेखि यो बौलाहा खोलाको मुहानको चट्टानको नाम विचारी ढुंगा रहन गएको स्थानीय धनबहादुर खड्काले बताए ।

लामो खडेरीका कारण मकै बारीमै सुक्न थालेको छ । किसानले धान खेतीका लागि ब्याड राख्ने पानीसम्म परेको छैन । त्यसैकारण समय घर्कियो भनेर किसान आत्तिएका हुन ।

बिजारी ढुँगालाई शक्तिको प्रतिक मानेर हरेक बर्ष खडेरी लाग्दा स्थानीय यही ठाउँमा आइ पूजा आरधना गर्दै आएका छन् । यो क्रम विगत २५ वर्षदेखि चल्दै आएको खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *