तुलसीपुर,असार ३ । दाङको तुलसीपुरमा आमाहरुको लागि मिडिया साक्षरता कार्यक्रम भएको छ ।
सोमबार नेपाल पत्रकार महासघ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा आमाहरूको एक दिने मिडिया साक्षरता कार्यक्रम भएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खडकाले
मिडिया अफवाह फैलाउने नभइ बिस्वाशिलो हुनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दैतुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गेहेन्द्र बहादुर डागीले समाजलाई सहि बाटोमा मार्ग निर्देश गर्नका लागि मिडियाको भुमिका महत्त्वपूर्ण रहेको बताए ।
उनले मिडिया साक्षरताले नागरिकलाई सचेत गर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका,प्रेस चौतारी दाङका अध्यक्ष प्रेम राम्जा, प्रेस सेन्टर दाङका उपाध्यक्ष दामोदर बस्नेत राकेश लगाएतले मिडिया साक्षरता आफैमा महत्त्वपुर्ण भएकोले यस विषयमा आम नागरिकले सत्य तथ्य बुझ्न पाउनु पर्ने बताए ।
नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष सन्तोष सुबेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब आरके शितले गरेका थिए ।
उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी र नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष सन्तोष सुबेदीले मिडिया साक्षरताका बारेमा प्रशिक्षण दिएका थिए ।

तस्बिर :- फरककोण ।