२०८३ असार २७ गते शनिवार

बकर इदमा नगर प्रमुख खड्काद्धारा शुभकामना व्यक्त


तुलसीपुर ,असार ३ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इदको अवसरमा शुभकामना दिएका छन ।

प्रमुख खड्काले आज शुभकामना सन्देश जारी गर्दै मुस्लिम धर्मावलम्बीमा शुभकामना दिएका हुन ।

शुभकामना सन्देशमा नेपाल बहुजातीय तथा बहुधार्मिक बिशेषताले भरिपुर्ण धर्मनिरपेक्ष मुलुक भएको उल्लेख गर्दै बकर इदले धर्म संस्कार,आपसी सहिंष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उल्लेख छ ।

यसपटकको बकर इदले आपसी भाइचाराको सम्बन्ध थप मजबुद बनाउने अपेक्षा समेत प्रमुख खड्काले गरे ।

आज नेपाल लगाएत संसारभरका मुस्लिम धर्मावलम्बीले बकर इद पर्व मनाई रहेका छन् ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *