२०८१ असार ३१ गते आइतवार

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुइ बिद्यार्थी घाइते

दाङ, असार २ । सल्यानमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुइ बिद्यार्थी घाइते भएका छन् । परीक्षा सकेर घर तर्फ जाँदै गरेका बिद्यार्थीलाई तुलसीपुर तर्फ आउँदै गरेको टिप्परले ठक्कर दिएको हो ।

घाइते मध्य पछाडि सवारको अवस्था गम्भीर छ । मोटरसाइकल चालकको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक बागचौर नगरपालिका – ८ कोटमौलाका २५ वर्षीय खगेन्द्र बिक र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २९ वर्षीय मनविर बिक घाइते भएका हुन । सल्यानका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार चालकको अवस्था मध्यम छ भने पछाडि सवार मनविरको अवस्था गम्भीर छ ।

दुबै घाइतेलाई दुर्घटना लगतै दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

राप्ती राजमार्ग अन्तर्गत छत्रेश्वरी गाउँपालिका – ६ कल्लेखोला नजिकै रा १ ख २२२४ नम्बरको टिप्परले रा ४ प ९२२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उनीहरु घाइते भएका हुन । टिप्पर चालक ईलाका प्रहरी कार्यालय लुहामको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *