सल्यान, असार २ । ग्लोबल आइएमई बैंकले सल्यान शारदा नगरपालिका – ६ बरलामा वित्तिय तथा डिजिटल साक्षरता कार्यक्रम गरेको छ ।
वित्तिय साक्षरता कार्यक्रममा वित्तिय कारोबार बारे चेतना जगाउने, डिजिटल कारोबारका बारेमा जानकारी तथा यसबाट हुन सक्ने सम्भावित जोखिम, मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, इकमर्श कार्ड जस्ता विषयमा जानकारी दिइएको थियो ।
त्यसक्रममा इन्टरनेटको प्रयोग गरी बैंकिङ क्षेत्रमा हुन सक्ने सम्भावित अपराधिक गतिविधि समेटिएको श्रव्यदृश्य सामाग्रीसमेत प्रस्तुत गरिएको थियो ।
बैंकको सल्यान शाखा प्रमुख कृष्ण सोडारीले प्रस्तुतिकरण दिएका थिए भने सहभागीका जिज्ञासाहरूका बारेमा अपरेसन इन्चार्ज टिकाचन्द्र वलीले जवाफ दिएका थिए ।
कार्यक्रममा करिब एक सय जना सेवाग्राहीको सहभागिता रहेको बैंकका कर्जा विभागमा कार्यरत गोविन्द शर्माले जानकारी दिए ।
बैंकले यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
करिब ६१ अर्ब पुँजी रहेको ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा छन ।
त्यस्ता ३६५ शाखामा ६५ स्टेक्सन काउन्टर ७७९ वटा एटीएम सञ्चालनमा छन । त्यस्तै यो बैंकले २७५ वटा शाखारहित केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको पनि छ।