२०८१ असार ३१ गते आइतवार

दाङमा सोमबारदेखि बादल लाग्न सक्ने, तर, छैन तत्काल ठूलो बर्षाको संभावना

तुलसीपुर, असार २ । दाङको आँकाशमा सोमबारदेखि केही बादल लाग्ने हुँदा गर्मी केही कम हुने अनुमान गरिएको छ ।

मौसमका जानकारहरुले सोमबार वा मंगलबारदेखि दाङको आँकाशमा केही बादल लाग्ने हुँदा त्यसले केही सितलता अनुभूत हुने अनुमान गरेका छन् ।

आइतबार दिउँसो साढे २ बजेतिर दाङको अधिकतम तापक्रम ३८ दशमलब १ डिग्र्री सेलसियस थियो भने न्यूनतम तापक्रम २६ दशमलब ५ डिग्री सेलसियस थियो । जेठ मध्यमा र जेठ अन्तिममा दाङको तापक्रम १२ बर्ष यताकै उच्च ४० दशमशल २ डिग्री सेलसियससम्म पुगेको थियो ।

दाङ लगाएत तराइका केही जिल्लाको तापक्रम पहिले भन्दा केही घटेपनि किन दिन प्रतिदिन धेरै गर्मी अर्थात उम्सो महसुश भइ रहेको होला ?

मौसम बिज्ञान बिभाग भैरहवाका मौसम बिद बरुण पौडेलका अनुसार लामो समयदेखि पानी नपरेको हुँदा हावामा आद्रता बढ्न गइ बढी उम्सो भइ रहेको बताए । ‘ बर्षा भएको छैन र आँकासमा बादल घुम्म परेर बसेको छ त्यसले आद्रता बढेको हो,’ उनले भने ‘ बादल लाग्न सक्यो भने मात्रै पनि केही आद्रता कम हुन गइ सितलता महसुश हुन सक्छ ।’

जेठ २८ मा पूर्वी नेपालमा भित्रीको मौसम बलियो वा सक्रिय नुहँदा त्यो चाहे जसरी पश्चिममा आउन अझैं केही समय लाग्ने अनुमान गरिएको छ । पूर्वको बायु सोमबारसम्म बागमती प्रदेश र धादिङ क्षेत्रममा प्रबेश गर्ने अनुमान गरिएको छ ।

मौसम बिद पौडेलका अनुसार त्यसको प्रभाव सोमबार वा मंगलबारसम्म दाङसम्म पनि बादल लाग्ने तथा केही सितल अनुभूत हुन सक्ने आँकलन गरे । फाटफुट बर्षा भएपनि पूर्वमा भित्रिएको मौसमको चाप कमजोर रहेको हुँदा त्यो दाङसम्म आइ पुगेपनि त्यसले तत्कालै ठूलो बर्षा हुनेमा उनले आशंका ब्यक्त गरे ।

पूर्वमा भित्रिएको मौसले पश्चिमको मौसमलाई जितेर सुदुरपश्चिमसम्म पुग्न कम्तिमा पनि ४ ÷ ५ लाग्न सक्ने उनले अनुमान गरे । त्यतिखेरै पनि पश्चिममा पुग्दा मौसम कमजोर हुन गइ ठूलो बर्षा नहुने उनले बताए ।
तर, छिटफुट बर्षाले पनि केही सितलता प्रदान गर्ने उनले बताए ।
अहिले लुम्बिनी लगायतका केही तराइका जिल्लाहरुमा पश्चिमकै मौसमको प्रभाव परिरहेको हुँदा यस क्षेत्रमा अझैंं केही दिन यस्तो गर्मी कायमै रहने पौडेलले बताए ।


‘ भोलि वा पर्सी सम्म दाङ र आसपासका जिल्लाहरुमा बादल लाग्ने देखिन्छ,’ उनले भने ‘ तर, त्यसले ठूलो झरीको संभावना छैन र त्यो धनगडीसम्म पुग्न थप अरु दुई तीन दिन लाग्न सक्ने छ ।’
लामो समयदेखि बर्षा नुहँदा भित्री मधेशमा पर्ने दाङसहित तराइका जिल्लाहरुमा दिउँसोमा तातो हावाका कारण हिडडुल गर्न समस्या हुन थालेको छ ।

आइतबार दिउँसो नेपालगञ्जको अधिकतम तापक्रम ४३ दशमलब ८ डिग्र्री र न्युनतम तापक्रम ३१ डिग्री सेलसियस रेकर्ड गरिएको छ । नेपालगञ्जको अधिकतम तापक्रम मध्य जेठमा ४४ डिग्री सेलसियससम्म पुगेको थियो ।

त्यस्तै दिउँसो २ ः ४५ बजे धनगडीको अधिकतम तापक्रम ४२ दशमलब ८ डिग्र्री र न्यूनतम तापक्रम ३० दशमलब ४ डिग्र्री सेलसियस मापन गरिएको छ ।
केही समय पहिले मात्रै धनगडीको तापक्रम ४४ दशमलब १ डिग्री पुगेको थियो ।

आइतबार दिउँसो भैरहवाको तापक्रम आइतबार दिउँसो ३७ दशमलब ६ डिग्री र न्यूनतम तापक्रम २८ दशमलब ७ डिग्री सेलसियस रहेको कर्मचारी हिना मिश्राले बताइन । यसअघि भैरहवाको तापक्रम बैशाख अन्तिममा ४२ दशमलब ६ डिग्री सेलसियस सम्म मापन भएको थियो ।

भैरहवाको शनिबारको अधिकतम तापक्रम ३९, दाङको ३८ दशमलब १ , बाँकेको ४२ दशमलब ७ रहेको थियो । लुम्बिनीका तराइका जिल्लाहरुको अधिकतम तापक्रम अझैं ४ ÷ ५ दिन जस्तो ४० डिग्री हाराहारीमा रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस
  1. Bijay kunwar chhetri says:

    पानी कहिले सम्म पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *