२०८१ असार ३१ गते आइतवार

कुलसचिव अधिकारीको राजीनामा माग्दै संस्कृत विश्वविद्यालयका विद्यार्थीले कुर्सी र पुत्ला जलाए


दाङ,असार २ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठका विद्यार्थीले कुलसचिव माधव अधिकारीको कुर्सी र पुत्ला जलाएका छन्।

विविध माग राखेका आयुर्वेदमा स्नातक (बिएएमएस)का विद्यार्थीले आफूहरूको मागमा कुनै सुनुवाइ नगरेको भन्दै आइतबार केन्द्रीय कार्यालय र डिनको कार्यालयमा तालाबन्दीसमेत गरेका अखिल क्रान्तिकारीका केन्द्रीय कमिटी प्रमुख सचिव अभयप्रताप चौबेले बताए।

नेविसंघका विद्यापीठ सभापति डा. वसन्त अधिकारी, अखिल क्रान्तिकारी विद्यापीठका अध्यक्ष गणेश पौडेल र प्रमुख सचिव चौबेले विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि तालाबन्दी गरिएको बताएका छन्।

कुलसचिवले तत्काल राजीनामा दिनुपर्ने उनीहरूको माग छ।

करार शिक्षकको अवधि थप हुनुपर्ने, चिकित्सा आयोगको न्यूनतम मापदण्डअनुसार तत्काल अस्पताल निर्माण गर्नुपर्ने, ओ एन्ड एम सर्भे गरी जनशक्ति नियुक्त गर्नुपर्नेलगायतका माग राखेर विद्यर्थी आन्दोलित बनेका छन्।

छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूलाई ‘इन्टर्न’ भत्ताको तत्काल व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

साथै कुलसचिवको अगुवाइमा विविध भवन निर्माण, बोटानिकल गार्डेन र अन्य विविध पक्षमा आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार भएको दाबी गर्दै विद्यार्थीले विरोध जनाएका हुन्।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *