२०८३ असार २७ गते शनिवार

लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड, गत बर्ष भन्दा डेढ अर्व कम बजेट

दाङ, असार १ । लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८१ ÷ ०८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले शनिबार प्रस्तुत गरेको बजेट गत बर्षको भन्दा एक अर्ब ५० करोड ९७ लाख कम हो । गत बर्ष ४० अर्ब ४७ करोड ९७ लाखको बजेट ल्याइएको थियो ।

आचार्यले प्रस्तुत गरेको बजेटको चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार छ भने पूँजीगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख बिनियोजन गरिएको छ ।
३८ अर्ब ९७ करोडको बजेट प्रस्तुत गर्दा आर्थिक मामिला मन्त्री आचार्यले प्रदेश संचित कोषबाट बिनियोजन हुनेगरि ३८ अर्व ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश संचितकोष तर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँ ब्यबस्था गरिएको बताएका थिए ।

बजेटले कृषि, सिंचाइ, पर्यटन, खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएको छ। प्रदेशका गौरवका आयोजना प्रदेश राजधानीको गुरु योजना अनुसार निर्माण, राप्ती नदी सभ्यताको बिकास, लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण, कृषिको आधार सिचाइमा सुधार भन्ने नारा सहित बाह्रै महिना सिचाइ पु¥याउने गरि बजेट बिनियोजन गरिएको आचार्यले बताएका थिए ।

बजेट प्रस्तुत गर्दा आचार्यले ढाँकाको टोपी लगाएका थिए भने ब्रीफकेसपनि ढाँकाकै प्रयोग गरेका थिए । ढाँका पाल्पाको पहिचान हो ।
संघीय संसदमा बजेट प्रस्तु गर्दा अर्थमन्त्री बर्षमान पुनले पनि अल्लाको ब्रीफकेस प्रयोग गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *