२०८३ भाद्र ३१ गते बुधवार

‘मैले रोल्पाली जनतासंग गरेको बाचा पुरा गरेको छु’ – डिल्लीबहादुर चौधरी

दाङ, असार १ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले आँफुले रोल्पाली जनता संग गरेको बाचा पुरा गरेको बताएका छन् ।

जिनावाङलाई प्रदेशकै नमुना कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना भ्रमणका क्रममा आँफुले गरे अनुरुप बजेट बिनियोजन गराउन सफल भएको दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरीले फरककोणलाई बताए ।

रोल्पाको जिनावाङ पुग्ने सडक निर्माण हुने निश्चित भएको चौधरीले जानकारी दिए । कृषि पकेट क्षेत्रका रुपमा विकास भइरहेको जिनावाङ क्षेत्रको पहुँचका लागि ८० करोडको सडक योजना पार्न सफल भएको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८१÷०८२को कार्यक्रम अनुसार लुम्बिनी प्रदेश सरकारले समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक निर्माण हुने उनले बताए । संघीय सरकारमार्फत समपुरक योजनाअन्तर्गत निगालपानी–जिनावाङ सडक योजनामा पारिएको चौधरीले जानकारी दिए ।

मुख्यमन्त्री छँदा चौधरी जिनावाङ पुगेर त्यहाँका किसान संग सडक निर्माण हुने आश्वासन दिएका थिए । त्यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारको तर्फबाट सडक स्तरोन्नती र कृषि तथा फलफूलको पकेट क्षेत्र निर्माण गर्ने प्रतिवद्धता जनाए अनुरुप आँफुले काम गरेको तथा रोल्पाली जनता संग गरेको बाचा पुरा गरेको चौधरीले बताए ।

सल्यान र रोल्पाको सीमाना अन्तरगत त्रिवेणी गाउँपालिकाको निगालपानीदेखि गंगादेव गाउँपालिकाको जिनावाङसम्मको सडक निर्माण कार्य पुरा भए त्यहाँको उत्पादन दाङका बजारसम्म पु¥याउन सहज हुने उनले विश्वास ब्यक्त गरे ।

लुम्बिनीको बिकासका लागि र कृषि क्षेत्रको नमुना विकासका लागि ‘जिनावाङ मोडेल’ आवश्यक रहेको चर्चा गर्दै आएका चौधरीले जहाँ उत्पादन त्यहाँ सडक पु¥याउन राज्यले ध्यान दिन जरुरी रहेको बताए । ‘सरकारका रहदा गरेको प्रयास अहिले देखिन थालेको छ,’ उनले भने ।

त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखराज डाँगीले निवर्तमान मुख्यमन्त्रीको पहलले आएको सडक योजना पार्न सफल भएकोमा धन्यबाद ब्यक्त गरे ।

रोल्पा सडक पूर्वाधारका प्रमुख हेमन्त रोकाले पनि यो पटक जिल्लामै ठूलो योजना परेको हुँदा त्यो समयमै पुरा गर्न सबैले सघाउनु पर्ने बताए ।

तस्बिर :- फरककोण ।

प्रकाशित मिति : २०८१ असार १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *