दाङ, जेठ ३२ । दाङकाे नारायणपुर उद्याेग वाणिज्य संघमा सल्लाहकार तथा सदस्यहरू मनाेनित गरिएकाे छ । संघकाे आज बसेकाे बैठकले विभिन्न पदमा मनाेनित गरी संघकाे सल्लाहकार तथा सदस्य मनाेनित गरेकाे हाे ।
बैठकले संघमा रिक्त रहेकाे मनाेनित सदस्यमा कल्पना वली र दिनेश महरालाई मनाेनित गरेकाे छ ।
त्यस्तै संघकाे सल्लाहकारमा विष्णुप्रसाद दाहाल, भाेला बुढाथोकी र माेहनराज आचार्यलाई मनाेनित गरिएकाे छ ।
संघकाे कानुनी सल्लाहकारमा निर्मल गाैतम र प्रेस संयाेजकमा आदिम केसीलाई मनाेनित गरिएको महासचिव जागेश्वरप्रसाद डाँगी (विष्णु) ले जानकारी दिएका छन् ।
संघका अध्यक्ष अनिलकुमार बस्नेतकाे अध्यक्षतामा बसेकाे बैठकमा निवर्तमान अध्यक्ष अभियान बस्नेत, उद्याेग उपाध्यक्ष बसन्त न्याैपाने, वाणिज्य उपाध्यक्ष कुलराज खनाल लगायतले धारणा राखेका थिए ।
बैठकमा संघले आगामी दिनमा गर्ने कार्य, व्यवसायीहरूका हकहितका लागि तय गर्ने रणनीतिका विषयमा पनि छलफल गरेकाे महासचिव डाँगीले जानकारी दिएका छन् ।
