२०८२ जेष्ठ ११ गते शुक्रवार

अंग्रेजीका एमए उत्तिर्ण महेशको कृषी कर्म

घोराही, जेठ २८ । दाङ घोराही उपमहानगरपालिका–१६, तेरौटेमा अंग्रेजीका एमए (स्नातकोत्तर) उत्तिर्ण महेश पौडेलले ब्यबासयिक रुपमा तरकारी खेती गर्दै आएका छन् । ३९ वर्षीय महेश र उनका दुई बहिनी मिलेर ३५ बिगाहा क्षेत्रफलमा यो बर्ष उनीहरुले टमाटर खेती गरेका छन् ।

‘नवीनतम कृषि फर्म’ दर्ता गरि महेशले तेरौटेमा बिबाहित आफ्ना दुई बहिनीहरूसँग मिलेर व्यावसायिक खेती गर्न थालेको पाँच बर्ष पुगी सकेको छ ।

घोराही – १८ मसिनाका बासिन्दा पौडेलले जग्गा भाडामा लिएर बहिनीहरू स्मृति र स्यान्हा संगै मिलेर बिगत पाँच बर्षदेखि तेरौटेमा बिभिन्न ब्यबसायिक खेती गर्दै आएका छन् ।
आफ्नो तरकारी तथा टमाटर खेतीमा दैनिक एक सय जना बढी स्थानीयलाई रोजगारी दिदै आएका छन् । पौडेलले आफ्नो खेतीमा मासिक २४ लाखसम्म खर्च हुने गरेको बताए।


यो बर्ष ३५ बिगाहा मध्य अधिकाँस जग्गमा ‘कर्मा ९९९’ जातको टमाटर रोपेका छन् । उनीहरुलाई यतिखेर उत्पादन बेच्न भ्याइ नभ्याइ छ । ब्यापारी टमाटर खरिद गर्न उनको खेत बारीमै आइ पुग्छन् ।

टमाटर दाङका बजारका साथै बुटवल, नारायणगढ, पोखरा, भैरहवा, कोहलपुर, सुर्खेत, लम्की, अत्तरिया, धनगढी, महेन्द्रनगरसम्म पुग्ने गर्छ ।

महेश गाउँ मसिना र तेरौटी बीचको दुरी सात किलोमिटर छ । बिहान सबेरै महेश तेरौटे आइपुग्छन भने बेलुका अबेर मात्रै घर फर्किन्छन् ।
महेश बुबा ऋषिरामको प्रेरणाले ब्यबसायिक कृषीमा लागेका हुन । अहिले पनि उनका बुवाले मसिना गाउँमा ४ बिघा जमिनमा व्यावसायिक तरकारी खेती गरि रहेकै छन् । ऋषिरामले यसरी ब्यबसायिक रुपमा खेती सुरु गरेको ४० वर्ष पुगी सकेको छ ।


मसिना गाउँमा आज हरेक घर परिवाले ऋषिरामकै प्रेरणाले ब्यबसायिक तरकारी खेती गर्दै आएका छन् । महेश आँफुपनि बुवा ऋषिरामका पछि लागेर कुषीको काम गर्न थालेको २० वर्ष पुग्न थालेको बताउँछन् ।

तेरौटे गाउँमा खेती एकै ठाउँमा छैन । गाउँको उत्तरदेखि दक्षिण कुनो बिभिन्न स्थानमा तरकारी खेती छ । महेश मोटरसाइकले दिनभर जसो ती सबै तरकारी निरीक्षण गरि रहन्छन् । भइ रहेका काम अनुगमन गर्दै सर सल्लाह दिन्छन् ।

महेश र जेठी बहिनी स्मृति खेतीमा दाजु संगै खट्छिन भने कान्छी बहिनी स्यान्हा शिक्षक हुन । खेतीमा उनका श्रीमान नारायण पोख्रेल खट्छन् । बिएसीएजी नारायणले बेलायतबाट कृषि विषयमा स्नातक तहको पढाइ पूरा गरेका छन् ।

महेश आम्दानी भन्दा पनि गाउँकै सयौं मानिसलाई रोजगारी दिन सकेकोमा खुसी छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *