२०८३ भाद्र ११ गते बिहिवार

बोलेरो गाडी चोरीको आरोपमा मल्ल पक्राउ

दाङ, जेठ २८ । रुकुम पश्चिमका एक यवक चोरीको बोलेरो गाडीसहित बाँकेमा पक्राउ परेका छन् ।


रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – ४ का ललित मल्ल सवारी चेकजाँचका क्रममा पक्राउ परेका हुन ।

जेठ २६ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १८ मा चेकजाँचका क्रममा प्रहरीले मल्ललाई चोरीको बोलेरो गाडीसहित पक्राउ गरेको थियो ।


अनुसन्धानबाट गाडी चोरीको भन्ने खुलेपछि थप कारबाहीका लागि भन्सार कार्यालय बाँकेमा पठाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *