२०८३ भाद्र ११ गते बिहिवार

कराही प्रहार गर्दा श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

दाङ,जेठ २७ । दाङ-देउखुरीकाे गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएकाे छ ।

गढवा गाउँपालिका-२, पचहिया निवासी बर्ष २६ का रन्जित चाैधरीले आफ्नै श्रीमती बर्ष २१ की कमला चाैधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएकाे हाे ।

गत जेष्ठ २४ गते राती करिब ९ बजेकाे समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएकाे र बुटवलकाे क्रमिसन हस्पिटल बुटवलमा उपचारका क्रममा आज बिहान ८ मृत्यु भएकाे इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नाे नियन्त्रणमा लिएकाे छ ।

घटनाबारे थप अनुसन्धान भईरहेकाे गढवा प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *