तुलसीपुर,जेठ २७ । बिजौरी उद्योग वाणिज्य सघंले प्रहरी इन्चार्जहरुलाई स्वागत सम्मान गरेको छ ।
सघंले हालै मात्र सरुवा भएर आएका हेमन्तपुर प्रहरी चौकीका इन्चार्ज भरत वलि र अस्थायी प्रहरी पोष्ट बेलझुण्डिका इन्चार्ज मान बहादुर चौधरीलाई कार्यालयमा एक कार्यक्रमको आयोजना गरि स्वागत सम्मान कार्यक्रम गरेको हो ।
बिजौरी उवासघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सघका पुर्व अध्यक्ष मुकेश वलि र निवर्तमान महासचिव बिदुर गौतमले अब यस क्षेत्रको शान्ति सुरक्षा र अमन चयनमा थप सुधार आउने विस्वास व्यक्त गरे ।
उनीहरुले शान्ति सु–व्यवस्था कायम गर्न प्रहरीसगं हातेमालो गर्न तयार रहेको समेत प्रतिबद्धता जनाए ।
स्वागत सम्मान कार्यक्रममा प्रहरी इन्चार्जद्धय वलि र चौधरीले शान्ति सुव्यवस्था कायम गर्न आफुहरु हरदम तयार रहने तर्क गरे ।
तर कुनै पनि घटना भैसकेपछि पिडित स्थानीय स्तरको प्रहरी चौकीमा नगइ माथिल्लो निकायमा मुद्धा दर्ता गर्न जाने गरेको भन्दै उनीहरुले उद्योग वाणिज्य सघंले स्थानीय स्तरको प्रहरी चौकीमा पनि पीडितले न्याय पाउन सक्छन भनी समन्वयकारी भुमिका खेल्नु पर्ने बताए ।
साथै उनीहरुले यस क्षेत्रमा हुने गरेका अपाराधिक क्रियाकलापलाई रोक्न बजारमा सिसि क्यामेराको आवश्यकता रहेको र त्यसतर्फ सघंले ध्यान दिनुपर्ने बताए ।
बिजौरी उद्योग वाणिज्य सघंका वाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।
