२०८२ बैशाख ११ गते बुधवार

अर्का शैनिक जवानमाथि पनि खुकुरी प्रहार गरेका थिए शालिकरामले

सम्बन्ध बिच्छेदको ११ दिनमै पूर्व श्रीमतिको हत्या

तुलसीपुर , जेठ २५ । पूर्व श्रीमतिमाथि खुकुरी प्रहार गर्नु पूर्व शालिकराम बुढाथोकीले अर्का शैनिक जवानमा माथि खुकुरी प्रहार गरेको खुलेको छ ।


ज्वालादल गण बारामा अमलदार पदमा कार्यरत ३६ बर्षीय शालिकराम शान्ति सेनाबाट घर फर्किए पछि गणमा हाजिर भइ घर बिदामा बस्दै आएका थिए ।


शालिकराम र ३१ बर्षीया टीका रावतको जेठ १४ गते मात्रै सम्बन्ध बिच्छेद भएको थियो । जिल्ला अदालत सल्यानमा उनीहरुको सम्बन्ध बिच्छेद भएको ११ दिनमै शालिकराम शुक्रबार बिहान साढे ८ बजेतिर सुटुक्क पूर्व श्रीमतिको कोठामा पुगेका थिए ।


शलिकरामको घर सल्यानको कपुरकोट गाउँपालिका– ६ मा हो । बिगत केही बर्ष यता टीका तुलसीपुर उपहानगरपालिका – ६ राप्ती टोलमा कोठा भाडामा बस्दै आएकी थिइन । उनीहरुबाट ७ बर्षको एक छोरापनि छन् ।


ठाकठुक भएपछि टीका सम्बन्ध बिच्छेदका लागि जिल्ला अदालत पुगेकी थिइन । १४ गते मात्रै उनीहरुको सम्बन्ध बिच्छेद भएको थियो ।

तर, शालिकराम शुक्रबार बिहान ८ बजेतिर सुटुक्क तुलसीपुर – ६ राप्ती टोलस्थित पूर्व श्रीमति र छोरा बस्दै आएको कोठा पुगे । जहाँ उनले अछाम जिल्लाको कमल बजार नगरपालिका – ४ भइ हाल
तुलसीपुरको १९ नम्बर बाहिनीमा कार्यरत २९ बर्षीय शैनिक जवान आर्यान थापालाई पूर्व श्रीमति टीका संगै एउटै कोठामा फेला पारे । शालिकरामले सुरुमा शैनिक जवान थापामाथि खुकुरी प्रहार गर । खुकुरी प्रहारबाट थापाको थापाको टाउको, हात, छातिमा घाउखत लागेपनि उनी भाग्न सफल भए ।


थापामा माथि खुकरी प्रहार भइ रहँदा टीका त्यो कोठाबाट भागी सकेकी थिइन । उनी भागेर छिमेकीको घरको पहिलो तलामा लुकेर बसेकी थिइन । शालिकरामले उनलाई फेला पाली त्यही घाँटी लगाएत शरिरका बिभिन्न भागमा खुकुरी अन्धाधुन्द प्रहार गरे । उनी एकै छिनमा लम्पसार परिन ।
दुबै घाइतेलाई प्रहरीले उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा बिहान सवा ९ बजेतिर प्रहरीले पु¥याएको थियो ।


चिकित्सकले टीकालाई तत्काल मृत घोषणा गरेका थिए । घाइते सेनाका जवान थापाको अवस्था भने खतरा मुक्त रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।


इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक थापाले पूर्व श्रीमतिको हत्या पछि खुकरी समातेर हिडिरहेको अवस्थामा उनलाई प्रहरीले केही बेरमै नियन्त्रणमा लिइएको हो ।
स्रोतका अनुसार उनी केही दिन पहिले मात्रै शान्ति मिसनबाट फर्किएका थिए । गणमा हाजिर भइ उनी घर बिदामा आएका थिए ।

प्रहरी हिरासतमा रहेका शालिकरामले आफ्नो जीवन बर्बाद पारेको हुँदा आवेशमा आइ पूर्व पत्नि टीकाको हत्या गरेको बयान गरेका छन् । घटनाबारे थप अध्यन हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *