तुलसीपुर , जेठ २५ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतिको हत्या पछि खुकुरीसहित फरार भएका छन् ।
तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले श्रीमति २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्या पछि खुकुुरीसहित फरार भएका छन् ।
शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतिको हत्या पछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी अधिकारीहरुले फरककोणलाई बताए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतिको हत्या पछि आरोपित ब्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा प्रहरीले भरखरै उनलाई नियन्त्रणमा लिएको छ । श्रीमतिले बिवाहत्तर सम्बन्ध राखेका कारण आवेगमा आइ श्रीमतिको हत्या गरेको प्रहरी समक्ष आरोपितले बयान गरेका छन् ।
आफ्नै आर्मी साथी संग लसपसका कारण आँफुले श्रीमतिको हत्या गरेको उनले बताएको एक प्रहरी अधिकारीले बताए ।घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
