२०८१ असार ३ गते आइतवार

शिक्षक भद्रबहादुर खड्काको भीरबाट लडेर मृत्यु

दाङ, जेठ २४ । रुकुम पश्चिममा एक जना शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका –१० पेउघाका ४६ बर्षीय शिक्षक भद्रबहादुर खड्काको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले फरककोणलाई जानकारी दिए ।

बुधवार विद्यालयबाट घर फर्किएपछि उनी खेतमा पुगेका थिए । कुलोबाट पानी खेतमा लगाइ फर्किने क्रममा उनी भीरबाट लड्न पुगेका थिए ।

गम्भीर घाइते खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पु¥याएका लगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहीले बताए ।
खड्काले स्थानीय बाल कल्याण माध्यमिक विद्यालय टोड्केका शिक्षक हुन ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *