२०८२ जेष्ठ ३० गते शुक्रवार

यतिखेर अशक्तहरुको भिडभाड किन बढेको हो, प्रशासनमा ?

बिकास डाँगी, तुलसीपुर , जेठ २४ । केही दिन यता तुलसीपुरस्थित इलाका प्रशासन कार्यालयमा बिहानैदेखि जेष्ट नागरिक र अशक्तहरुको भिडभाड बाक्लो छ । किन ?


राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउन अब अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र चाहिने भनिपछि ज्येष्ठ नागरिक, अशक्त, एकल महिला परिचय पत्र बनाउनका लागि प्रशासन कार्यालयमा धाउन बाध्य भएका हुन ।

यो चर्कौ गर्मीको उकुसमुकुस वातावरणमा त्यसैका लागि जेष्ट नगरिकले सास्ति खेपिरहनु परेको हो । त्यसैका लागि उनीहरु बिहानै इलाका प्रशासन कार्यालय तुलसीपुर धाउन बाध्य पारिएका छन् ।

चर्कौ गर्मीमा घन्टौँ लाइनमा बस्न बाध्य छन् । अधिकाँसले पत्रकारहरु संग गरेको गुनासो यही छ ।
तुलसीपुर – १४ का छोटीलाल चौधरीलाई पनि वडाले अनिर्वाय रुपमा परिचयपत्र बनाउनु पर्छ, भनेपछि बिहानै तुलसीपुर आएको बताए ।
राष्ट्रिय परिचय पत्रका लागि निकै सास्ती खेप्नु परेको गुनासो दंगीशरण गाउँपालिका– ६ बागर सुरेश डाँगीले पनि ब्यक्त गरे ।

गत कात्तिक, मंसिर महिना गाउँ गाउँमा घुम्ती अभियान मार्फत अफलाइनमा राष्ट्रिय परिचय पत्र दर्ता हुँदा त्यो बेला परिचयको नम्बर नपाएका र नयाँ बनाउने एकै पटक आउँदा धेरै भिडभाड हुने गरेको कार्यालय प्रमुख यज्ञबहादुर बूढाले बताए ।

कार्यालय पहिला २ जना दर्ता गर्ने कर्मचारीहरू थिए । गत पुसमा विभागले एक जना कर्मचारीलाई तानेपछि अहिले एक जना कर्मचारीबाट काम भइरहेको उनको भनाइ छ ।

कार्यालयबाट राष्ट्रिय परिचय पत्र दर्ताको कार्य २०७८ साउनदेखि भएको र यही जेठ २१ गतेसम्म गरी ५३ हजार २९० जनाको दर्ता भएको छ । ती मध्य ३२ हजार २०७ जना पुरुष र २१ हजार ८३ जना महिला रहेको उनले बताए ।

प्रशासन कार्यलयमा तुलसीपुरका साथै दंगीशरण, शान्तिनगर र बबइका सयौँ त्यस्त अशक्त र जेष्ट नागरिकको आजभोलि भिडभाड छ ।

त्रैमासिक रुपमा भत्ता बुझ्दै आएकाहरूलाई अनिर्वाय रुपमा राष्ट्रिय परिचय पत्र बनाउनै पर्ने नियमका कारण उनीहरुले यस्तो समस्या भोगिरहेका हुन । यसअघि उनीहरुले नागरिकताका आधारमा भत्ता पाउँदै आएका थिए । त्यसैले जेष्ट नागरिक कार्यालय नखुल्दै लाइन बस्ने आइपुग्छन् ।


उनीहरुको यो अप्ठेरोलाई सजह पारिदिन स्थानीय पालिका वा प्रशासन कार्यालयले खेल्नु पर्ने भूमिका उचित रुपमा निर्वाह नगरेको देखिन्छ । पालिका वा वडा तहमै गइ उनीहरुलाई परिचय पत्र दिने ब्यबस्था गरि दिएको भए उनीहरुले दुःख पाउनु पर्ने थिएन ।

तुलसीपुरका सामाजिक बिकास समिति संयोजक मानबहादुर रावतले भने कतिपय जेष्ट नागरिकले नबुझेर दुःख पाइ रहेको बताए ।
यसअघि पालिका तह वा वडामा आइ फर्म भरि सकेकाहरुका छोरा, नाति वा घरका अन्य सदस्य गएपनि नम्बर प्रशासन बाट पाइने हुँदा उनीहरु जानै नपर्ने तर्क गर्छन ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *