तुलसीपुर, जेठ २४ । घोराहीमा आठ बर्षीया बालिका बालात्कार आरोपमा एक जना भारतिय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बलरामपुरका ४४ बर्षीय दिननाथ रहेका छन् ।
घोराही उपमहानगरपालिका – १७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गर्दै आएका नाथले जेठ २१ गते बेलुका ८ बजेपनि मोवाइल हेर्न दिने वाहानामा कोठामा लगेर स्थानीय एक बालिकालाई बलात्कार गरेको किटानी जाहेरी परेको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनक मल्लले पीडित बालिकाकीको तर्फबाट आमाले मंगलबार बिहानै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन । जाहेरी लगतै प्रहरीले नाथलाई पक्राउ गरेको हो ।
नाथ माथि थप अनुसन्धान भइ रहेको प्रहरीलले बताएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार