तुलसीपुर, जेठ २३ । अखिल नेपाल फुटबल संघका टेक्निकल डाइरेक्टर हरि खड्काले खेलकुदले स्वच्छ जनशिक्त उत्पादनमा सघाउने बताएका छन् ।
ज्ञानज्योति फाउन्डेसनले तुलसीपुरस्थित संस्कार पाठाशालामा निर्माण गरेको फूटशल कोर्टको उद्घाटन पछि सम्बोधन गर्दै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानसमेत रहेका खड्काले ज्ञानज्योतिले शिक्षाका साथै स्वच्छ जनशक्ति निर्माणमा निर्वाह गर्न खोजिरहेको भूमिका महत्वपूर्ण मान्नु पर्ने बताएका हुन ।
‘ नेपाली राष्ट्रिय झण्डा अन्तराष्ट्रिय मैदानमा खेल्ने खेलाडी यहाँपनि उत्पादन हुन सकुन,’ खड्काले भने ‘ शिक्षाका साथै रुचीहुनेहरुले खेल क्षेत्र लगाएत बिभिद क्षेत्रमा सक्रियता देखाउन जरुरी छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै दाङ जिल्ला फुटवल संघका अध्यक्ष संजात धितालले जीवनमा खेलको महत्वका बारेमा चर्चा गरेका थिए ।
ज्ञानज्योति फाउन्डेसनका सिइयो सुरेन्द्र जिसीको अध्यक्षतामा भएको फुटसल कोर्ट उद्घाटन कार्यक्रममा स्वागत मनतब्य संस्कार पाठशालाका शिक्षक बलदेब पोख्रेलले गरेका थिए भने सहजिकरण खेलकुद पत्रकार संघ दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए ।
संस्कार पाठशाला परिशरमा निर्मित फुटशल कोर्ट झन्डै ७० लाख खर्चमा निर्माण गरिएको बिद्यालय परिवारले जानकारी दिएको छ ।