२०८२ जेष्ठ ३० गते शुक्रवार

पृथ्बी सबैको साझा घर हो – बिमल रिजाल

तुलसीपुर, जेठ २३ । क्लिन तुलसीपुर ग्रिन तुलसीपुरका अभियान्ता उद्योगी बिमल रिजालले पृथ्बी सबैको साझा घर भएको हुँदा वाताववरण जोगाउन सबै लाग्नु पर्ने बताएका छन् ।

तुलसीपुर – ६ गोलौरास्थित डिभाइन ट्याम्पल एकेडमीले बुधबार बिहान विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको सचेतना ¥याली पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रमुख बक्ता नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका रिजालले मानिसले आँफु अनुकुल प्रतिकी बनाउन नसकेपनि वातावरण जोगाउन सके त्यसले ठूलो राहात मिल्ने बताएका थिए ।

‘हामीले हाम्रो जीवन शैली कस्तो वनाउने भन्ने कुरा हाम्रो घरको वातावरण कस्तो छ त्यसमाथि निर्भर हुन्छ,’ रिजालले भने ‘ घरमा बोट विरुवा वा वगैचा छ भने त्यो सुन्दर वातावरणमा हुर्किएको मानिसको जीवन शैली अवश्यपनि असल हुन्छ ।’

पृथ्बी सर्वश्रेष्ठ बुद्धिमान मानिसको मात्रै नभइ बिभिन्न जीव जन्तुहरुको साझा थलो भएको हुँदा त्यो जैबिक बिधिदता जोगाइ राख्न खाली जमिनमा वोट विरुवा लगाउनु अति नै जरुरी रहेको उनको जोड थियो ।

कार्यक्रम बारे डिभाइन ट्याम्पल एकेडमीका संस्थापक प्रिन्सिपल भोजराज न्यौपानेले अवगत गराएका थिए ।
बिद्यालय प्राङगणबाट सुरु भएको सचेतनात्मक प्रभात फेरि गौलौरा हुँदै एयरपोर्ट चोक र त्यसपछि रजौराको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


प्रिन्सिपल न्यौपाने अनुसार बिद्यालयले दिउँसो बृक्षा रोपनका साथै वातावरणको महत्ववारे बक्तत्वकला प्रतियोगितापनि आयोजना गरेको छ । कार्यक्रमको संचालक विद्यालयका भाइस प्रीन्सिपल महेश लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *