२०८२ असार ७ गते आइतवार

रुन्टीगढी गाउँपालिका पुर्ण खोप पालिका घोषणा


रोल्पा,जेठ २३ । रोल्पाको रुन्टीगढी गाउँपालिका मा पुर्ण सभा सम्पन्न भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भने मुल नाराको साथ पुर्ण खोप सभा आयोजना गरिएको हो ।


रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षता, जिल्ला समन्वय समितिका अध्यक्ष सिता अचार्यको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो ।

रोलपाको रुन्टीगढी गाउँपालिकामा पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा सरोकारवाला निकाय, स्थानिय राजनितिक दलका प्रतिनिधी, स्थानिय स्वास्थ्यकर्मी, महिला स्वंसेवीका,आमा समुह सुरक्षाकमर्मी, पत्रकार लगाएतको सहभागीतामा रहेको थियोे । रुन्टीगढी गाउँपालिकाको सम्पूर्ण वडाहरुमा पुर्ण खोप सम्पन्न भए पछि पालिकामा पुर्ण खोप पालिका घोषणा गरिएको हो ।


रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकुत रेमन्त बहादुर डागीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा संयोजक बुद्धिजिवी सेजवालले गरेका थिए ।

हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *