२०८१ असार ९ गते शनिवार

तेरौटेमा चार बिगाहामा कागती खेती गरि रहेका पन्त


तेरौटे, जेठ २२ । दाङको घोराही उपमहानगरपालिका – १६ तेरौटे गाउँमा ३९ बर्षीय प्रतिकराज लोहनीले चार बिगाहा क्षेत्रफलमा ब्यबसायिक रुपमा कागती खेती गरिरहेका छन् ।

उनले झन्डै साढे १४ सय बढी कागतीका बोटहरु रोपेका छन् । रोपेको दुई बर्ष नपुग्दै अधिकाँस कागतीको बोटमा दाना लागि सकेका छन् । यो उनले रोपेको ‘सुन कागती १’ हो ।


पर्वत जिल्लाबाट बिरुवा ल्याएर रोपेको पन्तले बताए । पेशाले सिभिल इञ्जिनियर पन्तका अनुसार उनले आफ्नै परिवार भित्रको जग्गा दश बर्षका लागि भाडामा लिएर दुइ बर्ष अघि कागतीका बिरुवाहरु रोपेका हुन । हाल जग्गाको बार्षिक ८० हजार भाडा तिर्दै आएका छन् । प्रत्येक दुई बर्ष पछि दश प्रतिसत भाडा बृद्धी गर्ने सर्त छ ।

ती हरेक कागतिका बोटहरुमा एकै साथ थोपा सिंचाइ माध्यमबाट सिंचाइ गर्ने प्रबिधि मिलाएका छन् । घर नजिकै डीप बोरिङ गरि सिंचाइको प्रबन्ध गरिएको छ ।

पन्तले स्कूले शिक्षाका साथै इञ्जिनियरिङको पढाइ पनि अमेरिकाबाटै पुरा गरेका हुन । जस्ले अमेरिका लगायत नेपालमा आएर पनि झन्डै दश बर्षजति इञ्जिनियरिङको काम गरेका थिए ।

ती सबै काममा सन्तुष्टि नमिलेपछि आँफु कागती खेतीमा लागेको पन्तले बताउँछन् । गाउँको जग्गा बाँझै रहेको देखेपछि त्यो जग्गाको उपयोग कसरी गर्ने भन्ने बारे सोच्दा सोच्दै उनी कागती खेती गर्ने निष्कर्षमा पुगेको बताउँछन् ।


कागती खेतीमा प्राङगारिक मल मात्रै प्रयोग गरि रहेका छन् । गाउँ घरबाट किनेर ल्याएको गोठे मलका साथै झार जंगलबाट उनी आँफैले मल तयार पार्दै आएका छन् ।

आगामी बर्षदेखि उत्पादन बिक्रि गरि फाइदा लिने सोचमा उनी छन् ।
पन्त कमाउनु भन्दापनि आफ्नै ठाउँमा कृषी कर्म गरि रमाउनका लागि र अरु सामान्ने किसानलाई पनि हौसला थप्न आँफु कृषी कार्यमा लागेको बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *