२०८१ असार ७ गते बिहिवार

एकैदिन तुलसीपुरका तीन जनाको बिभिन्न घटानामा परि मृत्यु

तुलसीपुर , जेठ २० । शनिबार एकै दिन दाङ तुलसीपुरका तीन जनाको बिभिन्न घटनामा परि घरे मृत्यु भएको छ। बिद्युतको पोल ढल्दा तीन बर्षीया बालिका, डुबेर ३० बर्षे युवक र घर भत्किदा च्यापिएर ७० बर्षे बृद्धको मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका – १८ मा टिप्परले बिद्युत पोल ढालेपछि त्यसले चोट लागेर एक जना तीन बर्षीया बालिकाको मृत्यु भएको छ ।
शनिबार बेलुका सवा ४ बजेतिर लु २ ख २३८६ नम्बरको टिप्परले स्थानीय सडक निर्माणका लागि गिट्टी झार्ने क्रममा त्यसको ढालाले बिद्युतको लाइन छुनगइ तार तानिएपछि पोल ढलेको थियो ।

त्यो ढलेको तारसहितको पोलले स्थानीय तुलसीपुर – १७ मानपुरका तीन बालक घाइते भएका थिए । त्यसमध्य स्थानीय लक्ष्मण चौधरीकी ३ बर्षीया छोरी सुप्रिया चौधरीको बाँकेको नेपालगञ्जस्थित नरसिंङ होममा उपचारका क्रममा राति १० ः ५० बजे मृत्यु भएको हो । अन्य दुई बालक भने उपचार पछि डिस्चार्ज भइ सकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलले जानकारी दिए ।

त्यस्तै तुलसीपुरकै अर्का एक युवकको पर्यटकीय स्थल पुरन्धरामा नुहानउ क्रममा डुबेर मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – बनहरीका ३० बर्षीय दीपक न्यौपानेको शनिबार बेलुकी साढे ४ बजेतिर बबई गाउँपालिका – ५ स्थित पुरन्धरा छहरामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रमुख डिएसपी पोख्रेलले बताए ।

गर्मी छल्न भन्दै पर्यटकीय स्थल पुरन्धरा छहरामा दश जना जति साथीहरुसहित केसीको समुह गएको थियो । नुहाउने क्रममा उनको छहरामा मृत्यु भएपछि शब पोष्टमार्टमका लागि बेलुका नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको पोख्रेलले जानकारी दिए ।

त्यस्तै शनिबार बेलुका हावाहुरीसहित आएको पानीले घर भत्किदा तुलसीपुर उपमहानगरपालिका – १२ रझेनाका ७० वर्षीय भगवान खत्री मृत्यु भएको छ ।

डिएसपी पोख्रेलका अनुसार हावाहुरीसहित आएको पानीले बेलुका सवा ८ बजेतिर काचो इट्टाद्धारा निर्मित खत्रीको दुई कोठो घरको एक छेउ भत्किएको थियो । त्यसले च्यापेर खत्रीको मृत्यु भएको डिएसपी पोख्रेलले जानकारी दिए । घरमा वृद्ध दम्पति मात्रै थिए । खत्रीको श्रीमती भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *