२०८१ असार ३ गते आइतवार

बंगलाचुलीमा मोटरसाइकल दुर्घटना – एक युवकको मृत्यु, चालक घाइते

हिमाल महरा, दाङ, जेठ २० । दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटनामा पर एक युवकको मृत्यु भएको छ । चालक घाइते छन् ।

दुर्घटनामा परि बंगलाचुली गाउँपालिका – ४ का ३२ बर्षीय खेतुलाल नेपालीको मृत्यु भएको छ । अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक बंगलाचुली– ३ का अन्दाजी ३८ बर्षीय चेतप्रसाद डाँगी घाइते भएका छन् । उनको अवस्थापनि गम्भीर रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले घाइते डाँगीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइ रहेको जानकारी दिए ।


स्थानीय जुम्लेपानी पुरुङ छेडा सडक खण्ड अन्तर्गत मौवालेक नजिकै रा ३ प ५७९१ आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परेको थियो । घटनाबारे प्रहरीलाई बिहान साढे ९ बजे खबर आएको डिएसपी मल्लले बताए ।


साँगुरो अप्ठेरो बाटोमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले बताएको छ । मोटरसाइकल सडकदेखि करिब एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *