२०८१ असार ६ गते बुधवार

घर भत्किँदा एक वृद्धको मृत्यु


तुलसीपुर,जेठ २० । दाङको तुलसीपुरमा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ।

शनिबार बेलुका हावाहुरी सहित आएको पानीले घर भत्किदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।

केसीको परिवारमा तीनजना रहेका थिए। तर हावाहुरीको समयमा घरमा वृद्ध दम्पति मात्र थिए।

हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर केसीको मृत्यु भएको हो।

उनकी श्रीमती भने सकुशल रहेको वडा नम्बर १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *