दाङ, जेठ १८ । दाङको तुलसीपुर तर्फ आउँदै गरेको जिप सल्यानको कपुरकोटमा दुर्घटनामा हुँदा पाँच यात्रु घाइते भएका छन् ।
दिउँसो करिब ४ बजेतिर सल्यानको कपुरकोट गाउँपालिका – ३ ढोरेनीमा ग १ ज ५७४२ नम्बर जिप ब्रेक फेल भइ सडक किनारमा पल्टिन पुगेको थियो ।
उक्त दुर्घटनामा परि रोल्पाको गंगादेव गाउँपालिका – २ का पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा परि गंगादेव – २ की २८ बर्षीया संगिता वली, २७ बर्षीया नन्दी वली, ४२ बर्षीया पिली डाँगी, १८ बर्षीया चन्द्रा भण्डारी र ३२ बर्षीय मदन भण्डारी घाइते भएको सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रशाद धमलाले जानकारी दिए ।
घाइते सबैलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ ।
उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
जिप सल्यानको कपुरकोट भित्री सडक खण्डबाट दाङको तुलसीपुर तर्फ आउँदै थियो । घटनास्थल कपुरकोट प्रहरी चौकीबाट करिब ८ किलोमिटर दक्षिणमा पर्छ ।