२०८१ जेष्ठ ३० गते बुधवार

खेल अनुशासनका साथै आफू स्थापितका हुनका लागि हो : नगर प्रमुख खड्का

तुलसीपुर,जेठ १८ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ मा वडाध्यक्ष कप भलिबल तथा घैटाफोड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।


प्रतियोगिताको उद्घाटन एक समारोहकाबीच नगरप्रमुख टिकाराम खड्काले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले खेल स्वास्थ्य र राष्ट्रका लागि मात्र नभइ पहिचानकाका लागि  समेत भएको बताए ।

उनले अनुशासनका साथै आफू स्थापितका हुनका लागि खेल आवश्यक रहेको बताए । नगरप्रमुख खड्काले सबै खेलका विधामा खेलाडीलाई प्रोत्साहन गर्न उपमहानगर तयार रहेको बताए ।

प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ र नगरस्तरीय युवा सञ्जालको संयुक्त आयोजना तथा स्थानीय युवा परिषदको सहकार्यमा सुरू गरिएको हो ।


प्रतियोगिततमा ९ टीमको सहभागिता छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भीमबहादुर योगीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नगरस्तरीय युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *