काठमाडौं, जेठ १७ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटकपनि भिसा दिन अस्वीकार गरेको छ।
लमिछाने आइसिसी टी–२० विश्वकप २०२४ खेल्नका लागि अमेरिका जाने तयारी गरिरहेका थिए । भिसा प्रक्रियाका लागि लामिछाने बिहीबार पनि दूतावास पुगेका थिए । लामिछानेलाई काठमाडौंस्थित दूतावासले भिसा दिन दोस्रो पटक पनि अस्वीकार गरेको खबर पछि उनका समर्थकहरु निरास बनेका छन् ।
जेठ ९ गते दुतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो ।
उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै सफाइ दिएपछि फेरि उनी खेल जिवनमा सक्रिय बन्न प्रयास गरि रहेका छन् ।
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार