२०८१ असार ८ गते शुक्रवार

तुलसीपुरमा बिद्यार्थीलाई ५ दिन गर्मी बिदा

तुलसीपुर, जेठ १७ । गर्मी बढेपछि तुलसीपुर उपमहानगरले बिद्यार्थीका लागि पाँच दिन गर्मी बिदा दिने निर्णय गरेको छ ।

बढ्दो गर्मीलाई मध्यनजर गर्दै १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जेठ २३ गतेदेखि पठनपाठन नियमित हुने जानकारी दिए ।
दाङका तीन स्थानीय तहले यसअघि दुई दिन विद्यालयमा विदा दिएका थिए । देउखुरी उपत्यकाका लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकाले वैशाख १७ र १८ गते दुई दिन सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय बन्द गर्ने निर्णय सार्वजनिक सूचना माफर्त गरेका थिए ।

दाङमा बुधबार यो बर्षकै उच्च तापक्रम मापन गरिएको थियो । बुधबार अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । गत बर्ष असार ४ गते पनि तापक्रम ३९ दशमलब ५ डिग्री सेलसियस मापन गरिएको थियो । जुन यो बर्षको जिल्लाको उच्च तापक्रम संग समान थियो ।


बिहीबार बिहान यो बर्षकै उच्च न्यूनतम तापक्रम मापन भएको छ । मौसम विज्ञान कार्यालय घोराहीकी प्रमुख श्रेया रिजालका अनुसार बिहीबार बिहानको न्यूनतम तापक्रम २७ डिग्री सेलसियस थियो । जुन यो बर्ष कै सबै भन्दा उच्च तापक्रम हो ।

बुधबार जिल्लामा न्यूनतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस र हावामा ओसको मात्रा ३१ प्रतिशत रहेको थियो । यो बर्ष अझै तापक्रम बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कार्यालयका अनुसार जेठ ५ गते अधिकत तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो ।

दाङमा बितेको १० वर्ष यताकै उच्च ०७६ जेठ २ गते ३९ दशमलव ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम विज्ञान कार्यालय घोराहीकी प्रमुख श्रेया रिजालले जनकारी दिइन ।

कार्यालयको रेकर्ड अनुसार २०७६ अघि ०७२ जेठ २५ गते अधिकतम तापक्रम ३९.३, ०७३ वैशाख ८ गते ३९.२ र ०७३ वैशाख १५ गते ३८.९ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै २०७९ मा सबैभन्दा धेरै वैशाख १३ गते ३७ डिग्री सेल्सियस मापन गरिएको थियो ।


त्यो वर्षभरि ३७ डिग्री भन्दा कम तापक्रम रहेको थियो । त्यस्तै २०८० असार ३ गते अधिकतम तामक्रम ३९ दशवल ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *