दाङ, जेठ १७ । रोल्पाको रुन्टीगढी गाउँपालिका – ४ की वडा सदस्य सुपारी विश्वकर्माको मृत्यु भएको छ ।
नेपाली काँग्रेसको वडा कार्यसमिति सदस्य समेत रहेकी ३४ बर्षीया बिश्वकर्माको बिहीबार बिहान २ बजेतिर घरमै मृत्यु भएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिए ।
विश्वकर्मा पाठेघरको क्यान्सरबाट ग्रसित थिइन । यो वडाका वडाध्यक्ष टंक पुनको पनि गत बर्ष निधन भएको थियो ।
नेपाली काँग्रेसका नेता समेत रहेका पुनको निमोनियाका कारण उपचारका क्रममा असार २७ गते काठमाडौंमा मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार