२०८१ असार ८ गते शुक्रवार

सुर्खेतमा जिप दुर्घटना – ४ जनाको मृत्यु, दुई जना घाइते

सुर्खेत, जेठ १७ । गएराति सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको विरेन्द्रनगर नरपालिका – १३ टाकुरी मोडबाट झन्डै साढे तीन सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।


त्यो दुर्घटनामा परि चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
थप दुई जना घाइतेलाई उद्धार गरि प्रहरीले अस्पताल पु¥याएको छ ।

उनीहरु दुबै घाइते कालीकोटको शुभकालिका गाउँपालिका – ३ का हुन । उनीहरुको सुर्खेतमै उपचार जारी छ ।
मृतकको सनाखद हुन बाँकी नै छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *