२०८३ भाद्र १२ गते शुक्रवार

दाङको चिसापानीमा बस दुर्घटना – २५ यात्रु घाइते

दाङ, जेठ १६ । दाङको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन ।
गढवा–कोइलाबास सडक खण्डको गढवा गाउँपालिका – ५ चिसापानीमा बस बिहान ११ बजेतिर दुर्घटना परेको थियो ।

भारतीय सीमासंग जोडिएको कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस दुर्घटनामा २५ यात्रु सामान्ने घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बताइन ।


घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको र उपचचार पछि सबै डिस्चार्ज भइ सकेको पनि उनले जानकारी दिइन ।


प्रहरी नियन्त्रणमा रहेका बस चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको बयान गरेका छन् । बस सडक किनारको नालीमा पल्टिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *