२०८१ असार ७ गते बिहिवार

विद्यार्थीलाई लागूऔषध दुर्व्यसन र साइबर अपराध शिक्षा


तुलसीपुर,जेठ १६ । तुलसीपुर नगर जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बुधबार विद्यार्थीलाई लागूऔषध दुव्र्यसन र साइबर अपराधबारे सचेतना प्रदान गरिएको छ ।

नगर जेसिजले करिब १०० जना विद्यार्थीलाई लागूऔषध दुव्र्यसनका असर र साइबर अपराधबारे सचेतना प्रदान गरेको हो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष माधव वलीले देश र समाज समृद्ध हुन नैतिकवान र दक्ष जनशक्ति आवश्यक रहेको बताए ।

उहाँले जेसिजले आयोजना गरेको कार्यक्रमले विद्यार्थीलाई समाजमा बढ्दो लागूऔषध दुव्र्यसनबाट बचाउन र प्रविधिको गलत प्रयोग गर्नबाट रोक्ने बताए । उनले विद्यार्थीलाई आफुले सिकेका सकारात्मक कुरा अरु साथीभाईलाई शेयर गर्न पनि आग्रह गरे।

कार्यक्रममा नयाँ पाइला पुनस्र्थापना केन्द्र बिजौरीका उपाध्यक्ष तथा मनोपरामर्श विद् शैलेश शर्माले लागूऔषध दुव्र्यसनको लतबाट बच्न सचेत हुनुपर्ने बताए । उनले विद्यार्थीलाई लागूऔषध दुव्र्यसनले पार्ने असरबारेमा सचेतना गराउँदै लागूऔषध दुव्र्यसनका कारण जीवन अन्धकारतर्फ धकेलिने बताए।

यसैगरी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (डिएसपी) ठाकुरप्रसाद पोखरेलले सामाजिक संजालको दुरुपयोग नभई सदुपयोग गरेर धेरै फाइदा लिन सकिने बताए । उनले पछिल्लो समय प्रहरीमा साइबार अपराधका मुद्धा दर्ता हुने बढ्दै गएकोले यसबाट बच्न विद्यार्थीलाई आग्रह गरे ।

यस्तै पूर्वअध्यक्ष दिपेश भण्डारीले समाजलाई सहि मार्गमा लैजानका लागि जेसिजले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने गरेको बताए ।

तुलसीपुर नगर जेसिज वर्ष २०२४ का अध्यक्ष पूर्णबिक्रम डाँगीको अध्यक्षता तथा वडा अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जेसिज उपाध्यक्ष मधुसुदन गौतमले आस्थापाठ गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि जेसिज सप्ताह मुल संयोजक सुरज भण्डारीले प्रकाश पारेका थिए ।

कार्यक्रम संयोजक सजित रावतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *