२०८२ जेष्ठ १३ गते आइतवार

तुलसीपुरका मेयरले हतारमा गरेको बधाइ ज्ञापन

दाङ, जेठ १५ । मंगलबार सरकारका अर्थमन्त्री बर्षमान पुनले संसदमा आगामी आर्थिक बर्ष २०८१ ÷ ०८२ को बजेट प्रस्तुत गरे ।

अर्थमन्त्री पुनले प्रस्तुत गरेको योजनामा दाङको तुलसीपुर उपमहानगरपालिका – १२ स्थित टरिगाउँ एयरपोर्ट बिस्तार गरिने कुरापनि उल्लेख थियो ।


योजनामा प्रस्तुत हुँदैमा एयरपोर्ट बिस्तार हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । कारण यसअघिका अर्थमन्त्रीहरुले बजेट बक्तब्यमा टरिगाउँ एयरपोर्टको स्तरउन्नतिका कुराहरु धेरै पटक गरेका थिए ।

अघिल्ला अर्थमन्त्रीहरुले जति पटक योजना प्रस्ततुत गरेपनि काम भने पटक्कै नभएका प्रसस्त उदाहरणहरु छन् ।

योजना प्रस्तुत हुँदैमा बजेट सुनिश्चिता हुन्छ भन्ने ठोकेर बोल्ने आधारपनि रहँदैन । रोतो बुकमा बजेट पर्छ कि पर्दैन ? त्यो प्रतिक्षाको प्रमुख बिषय हो । त्यसमाथि बजेट परेपनि अस्थिर राजनीतिका कारण समयमै काम हुन्छ वा हुँदैन भन्ने प्रश्न खडा हुने गर्छ । तर, तुलसीपुरका मेयर टीकाराम खड्काले योजना प्रस्तुत हुनासाथ हतारमा धन्यबाद ज्ञापन गर्नु सस्तो लोकप्रियता मात्रै मान्न सकिने आलोचकहरु बताउँछन् ।

तुलसीपुर उपमहागनरपालिकाका मेयर टीकाराम खड्काले बजेट बक्तब्यपछि टरिगाउँ एयरपोर्ट निर्माण हुने भयो भन्ने दाबीका साथ सरकारका अर्थमन्त्री बर्षमान पुनका साथै आफ्नो पार्टी नेकपा एमालेका महासचिव शंकर पोख्रेल लगाएतलाई हतार पूर्वक बक्तब्य नै जारी गरी बधाइ तथा धन्यबाद ज्ञापन गरेका छन् ।

अर्थमन्त्रीले प्रस्तुत गरेका योजना अनुरुप टरिगाउँ एयरपोर्टमा आवश्यक बजेटको सुनिश्चितता वा ब्यबस्थापन गर्न कति प्रयास गर्छन भन्ने ठूलो कुरा प्रतिक्षाको बिषय बन्ने छ ।

लुम्बिनी प्रदेशको राजधानी टरिगाउँ एयरपोर्ट बिस्तार हरेक दृष्टिकोणले अति आवश्यक छ । त्यसैले हरेक निर्वाचनका क्रममा यो कुरालाई प्रमुख एजेण्डा बनाइ नेताहरु मत पाउँदै आएका छन् । टरिगाउँ एयरपोर्ट बिस्तार भए दाङका साथै आसपासका पहाडी जिल्लाहरु र कर्णाली प्रदेशका पहाडी जिल्लाबासीले पनि टरिगाउँ एरपोर्ट बिस्तार भएमा ठूलो राहात महसुश गर्न पाउने थिए ।

तर, अर्थमन्त्री पुनले प्रस्तुत गरेको योजनामा दाङको टरिगाउँ एयरपोर्ट मात्रै थिएन । उनले रोल्पाको बडाचौर, जुम्ला, विराटनगर, धनगढी, सुर्खेत र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने कुरा उल्लेख गरेका थिए ।


साथै अर्थमन्त्री पुनले सरकारले पुराना बन्द आन्तरिक विमानस्थलहरु सहासिक खेलको लागि प्रयोगमा ल्याउने कुरापनि उल्लेख गरेका थिए । सञ्चालनमा नरहेको बलेवा, मनि डाँडा, मनाङ, रूम्जाछार, वैतडी जस्ता आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाङडिङ, स्काइडाइभिङ लगायतका स्थलको रुपमा विकास गरिने अर्थमन्त्री पुनले उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *