दाङ, जेठ १५ । सरकारले बजेट बक्तब्य माफर्त टरिगाउँ एयरपोर्टको स्तरउन्नती गरिने जनाएको छ ।
तर, त्यसका लागि कति बजेट आवश्यक हो भन्ने बारेमा कुनै कुरा स्पष्ट उल्लेख गरिएको छैन । दाङको टरिगाउँ एयरपोर्ट बिस्तार गरिने कुरा अर्थमन्त्रीले उल्लेख गरेपनि त्यसबारे कति बजेट भन्ने कुरा उल्लेख छैन ।
यस अघिका बजेट बक्तब्यहरुमा पनि टरिगाउँ एयरपोर्ट बिस्तारको कुरा प्रस्तुत हुँदै आएपनि हालसम्म भनिए अनुसार काम भएको थिएन ।
त्यसैले यसपाली पनि काम हुने हो वा होइन भन्ने अन्यौंलता कायमै रहेको सरोकार वालाहरु बताउँछन् ।
बर्षमान पुनले प्रस्तुत गरेको योजनामा दाङको टरिगाउँ एयरपोर्ट, रोल्पाको बडाचौर, जुम्ला, विराटनगर, धनगढी, सुर्खेत र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने अर्थ मन्त्री बर्षमान पुनले उल्लेख छ ।
त्यस्तै सरकारले पुराना बन्द आन्तरिक विमानस्थलहरु सहासिक खेलको लागि प्रयोगमा ल्याउने उल्लेख गरेको छ ।
सञ्चालनमा नरहेको बलेवा, मनि डाँडा, मनाङ, रूम्जाछार, वैतडी जस्ता आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाङडिङ, स्काइडाइभिङ लगायतका स्थलको रुपमा विकास गरिने अर्थमन्त्री पुनले उल्लेख गरे ।
बजेट प्रस्तुत गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले त्यो कुरा उल्लेख गरेका थिए ।
सरकारले पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड विनियोजन गरेको छ भने नागरिक उड्डयन पूर्वाधारको लागि ३ अर्ब ७७ करोड विनियोजन गरेको छ ।