दाङ, जेठ १५ ।एक जना ११ बर्षीया नाबालिका संग बिहे गर्ने अर्घाखाँची जिल्लाका ३० बर्षे युवक पक्राउ परेका छन् ।
जिल्लाको पाणिनी गाउँपालिका –४, पटौटीका ३० बर्षे अम्मरबहादुर राना मगरले वैशाख ३१ गते गाउँकै ११ बर्षीया एक नाबालिकालाई ललाइ फकाई भगाएर घरमा लगी बिहे गरेका थिए ।
ती बालिका स्थानीय एक सरकारी बिद्यालयमा कक्षा ७ मा अध्यनरत छिन । बिहे पछि उनी बिद्यालय जानपनि छोडेकी थिइन ।
अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रतितसिंह राठोरले गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा रानाले नाबालिकालाई ललाइ फकाई भगाएर घरमा लगेर बिहे गरेको खुलेको बताए ।
प्रहरीले बालिकाको उद्धार गरि आफन्तको जिम्मा लगाएको छ भने आरोपित रानालाई प्रहरीले जेठ १३ गते नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत अर्घाखाँचीले घटना अनुसन्धानका गर्न रानालाई पाँच दिन थुनामा राख्न अनुमती दिएको छ ।
बालिका कान्छी आमाको मामाको घरमा बस्दै आएकी थिइन भने उनका बुवाको पहिलै मृत्यु भइ सकेको प्रहरीले बताएको छ ।
