२०८१ असार ८ गते शुक्रवार

दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध


दाङ,जेठ १४ । दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ।

दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा सोमबार बिहानदेखि अवरूद्ध भएको हो।

दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ।

घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत क्षेत्रमा बिहान ९:२४ बजेदेखी नेपाल टेलिकमको सेवा अवरूद्ध भएको र मर्मतका लागि लमहीबाट टोली गएको नेपाल टेलिकम भैरहवाले जनाएको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *