२०८१ असार ८ गते शुक्रवार

एक बर्ष कैद र १२ लाख जरिवना तोकिएका थारु पक्राउ

दाङ, जेठ १४ । बाँके प्रहरीले एक बर्ष कैद र झन्डै १३ लाख जरिवाना तोकेका एक ब्यक्ति पक्राउ परेका छन् ।

बैंकिङ कसुरका फरार प्रतिबादी जिल्लाको राप्ती सोनारी गाउँपालिका – ५ का ३६ बर्षीय अशोककुमार थारुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अदालतले २०७६ ÷ १२ ÷ ०४ गते, २०७८÷०५÷२४ गते र २०८० ÷०७ ÷ २१ गते थारुलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै एक बर्ष १५ दिन कैद सजायका साथै १२ लाख ७५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

त्यसयता थारु फरारको सूचिमा रहँदै आएका थिए । थारुलाई आइतबार नै अदालत पेश गरिएको थियो ।
अदालतको आदेशले उनलाई कारागारा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *