२०८१ असार ८ गते शुक्रवार

कुटपिट गरि काकाको हत्या गर्ने भतिज पक्राउ


दाङ, जेठ ११ । काकालाई कुटपिट गरि हत्या गरेको आरोपमा भितज पक्राउ परेका छन् ।
सल्यानको शारदा नगरपालिका – ६ बरलाका ३१ वर्षीय डनराज विष्ट पक्राउ परेका छन् ।

डनराजले केही दिन पहिले मदिरा सेवन गरि शारदा – २ स्यालाका ४६ वर्षीय काका घनश्याम विष्टलाई कुटपिट गरि गम्भीर घाइते तुल्याएका थिए ।

सल्यानका प्रहरी प्रमुख डिएसपी नवीन कार्कीका अनुसार डनराजले जेठ ४ गते शारदा नगरपालिका – ६ स्थित राप्ती राजमार्गबाट काका घनश्यामलाई तान्दै घिसार्दै घट्टेखोला पुल नजिकै पु¥याइ कुटपिट गरी शक्त घाइते तुल्याएका थिए ।
काका माथि कुटपिट गर्ने भतिजलाई जेठ ५ गते नै प्रहरीले पक्राउ गरि सकेको थियो ।

घाइतेलाई सल्यानमै उपचार पछि घर फर्किएको दोस्रो दिन फेरि समस्या भएको थियो । त्यसपछि घाइतेलाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । त्यहाँ भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा चिकित्सकले उपचार संभव नभएको हुँदा घर फिर्ता लैजान आग्रह गरेका थिए ।

कोहलपुरबाट एम्बुलेन्समा घरतर्फ ल्याउने क्रममा बिहीबार घाइतेको बाटोमै मृत्यु भएको थियो ।

काकाको मृत्यु पछि उनी माथि कर्तव्य ज्यान शिर्षकमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *