२०८३ असार २७ गते शनिवार

कामदार सजक भए मात्रै बैदेशिक रोजगार सुरक्षित – खड्का


तुलसीपुर, जेठ १० । तुलसीपुरका मेयर टीकाराम खड्काले बैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दौ बनाउन कामदार आफैँ सजक हुनुपर्ने बताएका छन् ।

सुरक्षिक बैदेशिक रोजगार आप्रवासन केन्द्र (सामी)ले गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख खड्काले कामदार आफैं सजक भए मात्रै बैदेशिक रोजगार सुरक्षित र भरपर्दौ हुने बताएका हुन ।

बिदेश जाँदा कामदारले सबै कानुनी प्रक्रिया पुरा गरेमा मात्रै समस्याबाट जोगिन सक्ने उनको धारणा थियो ।

श्रम स्वकृति नगरी बिदेश गए समस्यामा परेमा राज्यले केही गर्न नसक्ने भन्दै जनस्तरमा सचेतना फैलाउन आग्रह गरे ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *