२०८१ असार ३ गते आइतवार

दुई बहिनी संगै थिए – बाघले बहिनीको ज्यान लियो

दाङ, जेठ १० ।बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बाँकेको बैजनाथ गाउँपालिका –८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकायको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

संगै हिडिरहेका दिदी बहिनी मध्य बर्दियाको बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रबक्ता तुल्सीराम अर्यालले संगै रहेका दुई दिदी बहिनी मध्य मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाँदै थिइन । उनी पिसाब गर्न बसेको समयमा बाघले आक्रमण गरेको दिदीले बताएकी छन् ।


घटना दिउँसो २ बजेतिरको भएपनि प्रहरीले तीन बजेतिर मात्रै सूचना पाएको थियो । बाघले घाँटीमा आक्रण गरेको र मृत अवस्थामा शब चार बजेपछि खोजी गर्ने क्रममा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *