२०८१ असार ८ गते शुक्रवार

सहकारी रकम ठगी बिरुद्ध काँग्रेसले सडक आन्दोलन गर्ने

काठमाडौं, जेठ ९ । नेपाली कांग्रेसले सहकारी रकम ठगी प्रकरणका बिरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी रकम रकम ठगी प्रकरणका बिरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।

काँग्रेसले सहकारी ठगी प्रकरण बारे यसअघिदेखि नै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको थियो । काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले सदन र सडकबाट सहकारी पीडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको जानकारी दिइन ।

काँग्रेसले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसपछि क्रमश ठूला सहकारी रहेका तथा ठूलो रकम हिनामिना भएका सहकारी सहर पोखरा, बुटवलमा आन्दोलन गर्ने काँग्रेसले निर्णय गरेको छ ।

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ।

सहकारीको बचत अपचलन, ठगी र दुरूपयोगका सन्दर्भमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सैद्धान्तिक सहमति भएको छ।

समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदलसमेत निर्माण गरिएको छ ।
त्यो कार्यदलमा नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

कार्यललको हालसम्म आफ्नो क्षेत्राधिकार टुंगो लागेको छैन। नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री नै मुछिएको भन्दै उनको नाम लेखेर क्षेत्राधिकार तय गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *