२०८१ असार ३ गते आइतवार

साधुले त्रिशूल प्रहार गर्दा वडाध्यक्ष बिष्ट घाइते

दाङ,जेठ ८ । राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन्।

राजपुर–६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई त्रिशूल प्रहार गरेका हुन्।

प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया गाउँको जंगलमा रहेको बाबाकुटीमा केही महिनायता बस्दै आएको र उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडा अध्यक्ष विष्टमाथि त्रिशूल प्रहार गरेको बुझिएको छ।

वडा अध्यक्ष विष्टको दाहिने कोखामा चोट लागेको र अहिले उपचारका लागि लमही अस्पतालमा भर्ना गरिएको छ।

त्रिशूल प्रहार गर्ने साधु नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जनकारी दिइन्।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *