२०८१ असार ८ गते शुक्रवार

होटल व्यवसायीलाई सिपमुलक तालिम


गोविन्द खड्का,घोराही,जेठ ८ । दाङ देउखुरी होटल व्यवसायी समितिले व्यवसायीका लागि दुईदिने तालिम मंगलबार घोराहीमा शुरु गरेको छ ।

समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता एवं घोरही १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता तथा वडाप्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डेयको विशिष्ट आतिथ्यमा शुरु भएको हो ।


घोराही उपमहानगरपालिका कर शाखा अधिकृत कृष्ण केसी, कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका पुर्ण मगर र सोनाम आचार्यले प्रशिक्षण दिनुहुने तालिम संयोजक धना जिसिले जानकारी दिए ।

घोराही १५ को सहयोगमा भएको तालिममा समितिका स्वागत कोषाध्यक्ष खर्कसिंह पुनले र सञ्चालन श्यामकुमार विकले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *