दाङ, जेठ ७ । नेपाली कांग्रेस दाङ उद्योग व्यापार समन्वय समितिले हालै सम्पन्न अधिवेशनमा तुलसीपुर उद्योग वाणिज्य संघ र नारायणपुर उद्योग वाणिज्यसंघका अध्यक्ष लगायत पदाधिकारीहरुलाइ आइतवार घोराहीमा स्वागत एवं सम्मान कार्यक्रम संपन्न गरेको छ ।
स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डांगीले नयां नेतृत्वलाइ संपुर्ण व्यवसायीहरुको हक हितमा काम गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस उद्योग व्यापार समन्वय समतिका संयोजक टंक बुढाथोकिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डांगिले नेपाली कांग्रेस समाज रुपान्तरणको सिपाहि भएको उल्लेख गर्दै कांग्रेसले अंगिकार गरेका व्यवसायीक एजेण्डालाइ लिएर नेतृत्वलाइ अघि बढाउन पनि आग्रह गरे ।
अहिले मुलुकमा आर्थिक मन्दीको मार संगै व्यवसायीहरु पलायन हुने क्रम बढिरहेको उल्लेख गर्दै प्रमुख अतिथि डांगिले साना तथा मझौला उद्योगीलाइ प्रोत्साहन गर्दै व्यवसाय पलायनको अवस्था रोक्न पनि नयां नेतृत्वले भुमिका निर्वाह गर्नुपर्ने बताए ।
‘तपाइहरु नेपाली कांग्रेसले सिफारीस गरेको टिमको नेतृत्व गर्दै हुनुहुन्छ, नेतृत्व चयनमा निर्वाचन प्रक्रिया अवलम्वन गर्नुपर्यो, तपाइहरुले विजयी प्राप्त गर्नुभो, यसमा नेपाली कांग्रेस दाङ नयां नेतृत्वलाइ बधाइ एवं सम्मान व्यक्त गर्दछ’, सभापति डागीले भने ।
साथै उनले अव नयां नेतृत्वले पराजित नेतृत्वका एजेण्डालाइ पनि समेटेर उनीहरुलाइ पनि साथै लिएर अघि बढ्न पनि आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति सहित नेपाली कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदी तथा कोषाध्यक्ष लगायतले नवनिर्वाचित तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको संपुर्ण टिम तथा नारायणपुर उद्योग वाणिज्य संघको अनिल बस्नेत नेतृत्वका संपुर्ण टिमलाइ खादा र अविर लगाएर स्वागत गरेका थिए ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्यसंघका नवनिर्वाचित अध्यक्ष विनिल केसीले आफुहरु पनि नेपाली कांग्रेसकै सिपाहि भएको उल्लेख गर्दै नेपाली कांग्रेसले अंगिकार गरेका व्यवसायीक एजेण्डालाइ लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
साथै उनले आफुहरुले अव तुलसीपुरको व्यापार व्यवसायलाइ कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सन्दर्भमा गम्भीर समिक्षा गरी योजनावद्ध ढंगले अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा नारायण उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेतले पनि नेपाली कांग्रेस नेतृत्वले भौतिक रुपमै उपस्थीति जनाएर आफुहरुलाइ नैतिक रुपमा विजयी बनाउन गरेको साथ र सहयोगको प्रशंसा गर्दै समृद्ध नारायणपुरको अभियानलाइ आधुनिक सुचना प्रविधिसंग जोडेर अघि बढ्ने आश्वासन दिए ।
‘तपाइहरुको भौतिक उपस्थीतिका कारण हाम्रा विपक्षिहरुले सहजै हार स्वीकार गरेका थिए, तपाइहरुको यो साथ र सहयोगको सधै अपेक्षा गर्दछौं’, बस्नेतले स्वागत तथा सम्मान कार्यक्रममा भने ।
दाङ जिल्लामा क्रियाशिल विभिन्न क्षेत्रका ११ वटा उद्योग वाणिज्य संघहरु मध्ये ८ वटा उद्योग वाणिज्यसंघमा कांग्रेस समर्थित नेतृत्व रहेको नेपाली कांग्रेस उद्योग व्यापार समन्वय समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष टंक बुढाथोकिले बताए ।
स्वागत तथा सम्मान कार्यक्रमको सहजीकरण व्यवसायी पुर्ण प्रसाद कंडेलले गरेका थिए ।