२०८२ जेष्ठ ३० गते शुक्रवार

बबई नदीमा डुबेर दुई जनाको मृत्यु


दाङ, जेठ ६ । बबई नदीमा नुहाउने क्रममा सल्यानका दुई जनाको मृत्यु भएको छ ।


जिल्लाको कालिमाटी गाउँपालिका – ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र ५ वर्षीय सुवास परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रशाद धमलाले जानकारी दिए ।

शनिबार दिउँसो घर नजिकको बबई नदीमा उनीहरु नुहान गएका थिए । अबेरसम्म घर नर्फिएपछि उनीहरुको खोजी सुरु भएको थियो ।
खोजीका क्रममा बेलुकी आठ बजेतिर उनीहरुको अचेत अवस्थामा बबई नदीमा फेला परेका थिए ।

घर परिवगारको आग्रहमा दुबै जनालाई राति नै बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा पु¥याइएको थियो । तत्काल चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए । पोष्टमार्टमका लागि दुबै जनाको शब नेपालगंजमै राखिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *